जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त जारी, २२ जनाको मृत्यु
१ कार्तिक एजेन्सी । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन्। मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ।
भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो। अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए। सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए।
अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले जनाएको छ।