बस दुर्घटना हुँदा ४२ जना घाइते


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८
9.4K
SHARES

१ कात्तिक नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबिचको जङ्गलमा आफै अनियन्त्रित भएर बस पल्टिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । बस दुर्घटनामा घाइते भएका ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको छ ।