माओवादी केन्द्रको सम्मेलन तालिकामा हेरफेर


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८
5.1K
SHARES

२ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण, टोल, वडा, पालिका सम्मेलनको मिति हेरफेर गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी सदस्यता नवीकरणका लागि यही कात्तिक २५ गतेसम्म म्याद थपिएको छ । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिकाको सम्मेलन मंसिर ११ गतेसम्म र मंसिर २५ गतेसम्म प्रदेश सम्मेलनको म्याद थपिएको उनले बताए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म हुँदै छ ।