बाढीपीडितलाई तत्काल राहत देउ – अध्यक्ष सिंह
३ कात्तिक काठमाडौ । आज माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण विस्थापित भएकालाई तत्काल राहत दिन र उद्दारको पर्खाइमा रहेकाको उद्दार गर्न सरकारसँग माग गरेको छ ।
क्रान्तिकारीकी नब निर्बाचित अध्यक्ष पंचा सिंहले विज्ञप्ति जारी गर्दै पीडितलाई उद्दारसँगै राहत दिन माग गरेकी हुन् ।
२०७८÷०७÷०३
हार्दिक अपिल
देशका विभिन्न ठाउँमा भएको अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुवानबाट सुदुरपश्चिम लगायत मुलुकका विभिन्न भु–भागमा भएको मानवीय र धनजन, बाली नालीको क्षतिले दुखित तुल्याएको छ । बाढि पहिरोको कारण ज्यान गुमाउनु हुने सम्पूर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । बाढि पहिरोको कारण मृत्यु भएका मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति, घाइतेहरुको निशुल्क उपचार र बेपत्ता भएकाहरुको खोजि कार्यलाई तिब्रता दिई मानवीय तथा अन्य क्षति को यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानीय, प्रदेश र संघिय सरकार संग जोडदार माग गर्दछौं । बाढि पहिरो लगायत प्राकृतिक प्रकोप जस्ता संकटको घडिमा अनेरास्ववियू (क्रान्तिकारी) सदैव जनताको संकट समाधानको लागि जनता संगै रहेको कुरा जगजाहेर छ । यस संकटको समयमा अनेरास्ववियू (क्रान्तिकारी) को सबै निकायमा रहनु भएका नेता कार्यकर्ताहरु लाई राहत र उद्दार कार्यमा जुट्न निर्देशन गर्दै विपत जोखिम क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन समेत आब्हान गर्दछौ । बाढि पहिरोको कारण समस्यामा पर्नु भएका नागरिकहरु लाई सहयोगको लागि सम्पुर्ण सहयोगि दाताहरु लाई हार्दिक अपिल गर्दछौ ।
पञ्चा सिंह
अध्यक्ष
