पनडुब्बीबाट प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ३ २०७८
4.5K
SHARES

३ कात्तिक एजेन्सी । उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एक नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो ।

परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्न सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको छ । यसअघि सन् २०१६ मा परीक्षण गरिएको उपकरणबाट पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा श्रृंखलावद्ध रुपमा आणविक परीक्षण गरेको छ । केही साताअघि उसले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्र परीक्षण गरेको पुष्टि गरेको थियो ।

मंगलबारको परीक्षणको समयमा उत्तर कोरियाली नेता किम जोङ उन भने अनुपस्थित थिए । उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।