काठमाडौंमा विहानै घाम लाग्यो, कस्तो छ आजको मौसम ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ४ २०७८
6.6K
SHARES

४ कात्तिक काठमाडौं । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लो बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । आज बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ ।

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकीका एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।