आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८
4.5K
SHARES

११ कात्तिक काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।

आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।