एमालेको स्थायी कमिटी बैठक बस्दै , यी हुन् मुख्य एजेण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८
3.2K
SHARES

११कात्तिक काठमाडौ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । विहीबार अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने उनको भनाइ छ ।

एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको छ । वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ ।

तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दै छ ।