प्रधानन्यायाधीशलाई राजीनामा दिन बारले दियो अल्टिमेटम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८
14.4K
SHARES

१२ कात्तिक काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । बारको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

उनका अनुसार बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन हुनेछ भने त्यसबेलासम्म पनि राजीनामा नआए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुनेछन् ।