राष्ट्रपति भण्डारीद्वारा पूजाअर्चना


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
3.7K
SHARES

१३ कात्तिक काठमाडौ ।आज राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । राष्ट्रिपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजाहारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन् ।

मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालमा लामो समयदेखि कोरोना भइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवम् तीर्थयात्रा हुन सकेको छैन । यस अवस्थामा नेपालको पर्यटन एव् तीर्थयात्रा सुरक्षित छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिर पुगेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षणको अवलोकन भ्रमणमा पनि कार्यक्रम छ ।