कांग्रेससँग सहकार्य गर्नु निकै कठिन : अध्यक्ष यादव


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
8.8K
SHARES

१३ कात्तिक काठमाडौं । आजजनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् ।

जसपानिकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको एक कार्यक्रममा यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् । कांग्रेससँग विकृतिबाहेक केही नभएको उनको भनाइ छ ।