निर्वाचनसम्मै पाँचदलीय गठबन्धन जान्छ – ऊर्जामन्त्री भुसाल


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
8.3K
SHARES

१३ कात्तिक काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको प्रस्ट्याएकी छन् ।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताइन् ।

“अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ,” उनले भनिन् । जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताइन् । “गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्,” मन्त्री भुसालले भनिन्, “तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छाँै ।”