आज ३७२ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु,


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८
2.8K
SHARES

१३ कात्तिक काठमाडौं । नेपालमा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सात हजार ९११ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३७२ जनाको नतिजा पोजिटिभ आएको हो ।

पाँच हजार ३१६ नमुनाको पीसीआर परीक्षण गर्दा २९७ र दुई हजार ५९५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।