ढुंगा व्यापार तत्काल बन्द गरिनेछ – अर्थमन्त्री शर्मा
१९ कात्तिक काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुंगा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिइने बताएका छन् ।
विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चन्द्रागिरि–चित्लाङ खण्डमा ढुंगाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताए ।
उनले भने, “चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।”