बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
२१ कात्तिक काठमाडौ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा सात जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटना परी सात जनाको मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए । बस सडकबाट २ सय मिटर तल खसेको प्रहरी भनाइ छ ।
घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ भने उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको डिएसपी थापाले बताए । ‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ ।
बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।