राजदूत नियुक्ति गर्दा साझा सूची बनाऔँ – नेता श्रेष्ठ
२१ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा पार्टीको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाउन प्रस्ताव गरेका छन ।
आइतबार उनले सामाजिक सञ्जालमार्फत भागबन्डा मात्रै गरिए कुनै पनि पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्ने उल्लेख गरेका छन् ।
श्रेष्ठले पाँचदलीय गठबन्धनको बैठकमा आफूले अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयलाई बेठिक भन्दै असहमति जनाएको समेत उल्लेख गरेका छन् ।