मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
6.3K
SHARES

२२ कात्तिक काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभाको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

विश्वासको पक्षमा ५९ मत र विपक्षमा ४३ मत परेको हो । प्रदेश सभाका दुई सदस्य तटस्थ बसेका थिए । प्रदेशसभाको १०९ सदस्यमध्ये आजको बैठकमा १०४ जना उपस्थित थिए ।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डे असोज ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।