आज ३९० कोरोना संक्रमित, ४२५ जना निको
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक २२ २०७८
2.8K
SHARES
२२ कात्तिक काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९० जना कोभिड संक्रमित थपिएका छन् । पाँच हजार २६ ओटा नमुनाको परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेकोे छ ।
त्यस्तै आज ४२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट