एमसीसी बारे नेता गौतमले दिए यस्तो प्रतिक्रिया
२४ कात्तिक काठमाडौ। नेकपा एमाले छाेडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् ।
राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताएका हुन् ।
उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछ।’
गाैतमले नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसदले एमसीसी अनुमोदन गर्न सक्ने अवस्था नरहेको समेत बताएका छन् ।
विज्ञप्ति :
