उखान टुक्कामा ३ वर्ष देश चल्यो, अब हामी काम गर्छौं – मन्त्री श्रेष्ठ
२४ कात्तिक पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले यसअघिको तीन वर्ष देशमा काम नभएको भन्दै आफूहरु जनताले महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै श्रेष्ठले यसअघिको तीन वर्ष उखान टुक्का सुन्दासुन्दै बितेको बताए ।
‘बालुवाटारमा बस्नुभाछ । योजना, कहाँ हो, के हो ? बजेट कता के हो ? स्टिमेट छ कि छैन, सर्भे भाछ कि भाछैन । फ्याट्ट स्वीच थिचिदिने, उद्घाटन गर्ने, शिलान्यास गर्ने । यो नेपाली जनताले राम्रोसँग बुझेका छन्,’ मन्त्री श्रेष्ठले भने, ‘अब साँच्चिकै अनुभूति हुने गरी काम हुन्छ ।
पोखरामा बुधबार कार्यकर्ता भेटघाटमा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका श्रेष्ठले आफ्नो पार्टी कमजोर नभएको र अब झनै बढी जनताको मन जित्ने गरी काम गर्ने दावी गरे ।