प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेर समस्याको समाधान हुँदैन – एमाले नेता रायमाझी
२७ कात्तिक काठमाडौं ।आज नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा आफूहरू नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेतिर एमालेको सोच नभएको बताए । प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने जिकिर उनले गरे ।
अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)मा भएका गलत प्रावधान हटाएर मात्रै संसद्बाट पारित गरिनुपर्ने धारणा उनले राखे । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनीष सुमनले अहिले अदालतभित्र भइरहेको विवादका विषयमा आफ्नो पार्टीले नजिकबाट नियालिरहेको भए पनि यसबारेमा कुनै धारणा नबनाएको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे ।