सिभिल बैंकको अध्यक्षमा पाण्डे


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १ २०७८
2.1K
SHARES

१ मंसिर काठमाडौ । सिभिल बैंकको नयाँ अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । आज  बसेको बैंक सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई बैंक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

रिक्त रहेको बैंक अध्यक्षमा सञ्चालक समितिले पाण्डेलाई नियुक्त गरेको हो । बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्नुभएकोमा सबै संचालकहरुलाई धन्यवाद दिए ।

सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गरे ।