एमाले पहिलो पार्टी बन्छ – नेता भट्टराई
२ मंसिर काठमाडौ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् । आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे ।
उनले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उनको आरोप थियो । भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।