देउवा र पौडेल समूहबीच अछाममा चुनावी प्रतिष्पर्धामा


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८
11.6K
SHARES

६ मंसिर काठमाडौ । अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी देशभरी बढिरहेका बेला सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको संघिय निर्वाचन क्षेत्र नम्बर २ मा पनि माहोल कांग्रेसमय बनेको छ । शेर बहादुर देउवा र रामचन्द्र पौडेल दुई वटै समूह चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

देउवा निकटको पकड क्षेत्र मानिएको अछाम क्षेत्र नम्बर २ मा यस महाधिवेशनमा देउवा निकट मानिने कांग्रेस नेता पुष्प बहादुर शाह, सुरत बिष्ट, अम्बिका चलाउने यति बेला पौडेल समूहसंग गठबन्धन गरेर देउवा (संस्थापक) समुहलाई कमजोर बनाएर आफू अधिवेशन जित्ने दाउ कुरिरहेको पाइन्छ ।

३ गते सम्पन्न प्रदेशको अधिवेशन अन्तर्गत पौडेल निकट मानिने सांसद राम बहादुर बिष्ट समुहसंग सहकार्य गर्दै दुई वटै प्रदेश आफ्नो पक्षमा पारेका छन् ।

क्षेत्रिय अधिवेशनमा देउवाको आधिकारिक समुहको तर्फबाट टंक बहादुर धामी चुनावी मैदानमा छन्, र उनलाई देउवा निकट मानिने अछामका नेताहरु पूर्ब सांसद अक्कल बहादुर बिष्ट, महासमिति सदस्य देवराज देवकोटा, केन्द्रीय संगठन विभागका सदस्य गणेश बहादुर बिष्ट र मान बहादुर रावल लगायतको समर्थन रहेको छ ।

उता नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे निकट मानिने र बिगतमा कोइराला समुहमै रहेका पुष्पराज शर्मालाई क्षेत्रिय सभापतिका लागि अगाडि सारेका छन् ।