यस कारण एमाले स्थायी समितिको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८
4.2K
SHARES

७ मंसिर काठमाडौ । नेकपा एमाले स्थायी समितिको बैठक स्थगित भएको छ । आज अपरान्ह तीन बजे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बैठक भोली बिहान ११ बजे बस्ने गरी स्थगीत भएको एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशनको तयारी र ५ प्रतिशत मनोनित हुने प्रतिनिधिहरुका बारेमा छलफल हुने एजेण्डा थियो । १९९९ प्रतिनिधि मध्य ५ प्रतिशत प्रतिनिधि मनोनित गर्नु पर्ने प्रावधान रहेको छ । यसमा पनि प्रस्तावित नाम र आकांक्षीहरु धेरै रहेकाले उनीहरुबाट छनौट हुने बताईएको छ ।

मंसीर १०, ११ र १२ गते चितवनको नारायणी किनारमा एमालेको १० औँ महाधिवेशन हुँदैछ । यो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओली र भीम रावलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । यस्तै अन्य पदाधीकारीमा पनि आकांक्षीहरुको संख्या ठूलो देखिएको छ ।