माओवादी छोडेर एमाले बनेका नेताहरूलाई ओलीले यस्तो भनेपछि…


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
15.4K
SHARES

७ मंसिर काठमाडौ । आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका नेताहरु समेत चुनाव लडेर मत ल्याउनै पर्ने स्पष्ट पारेका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा  पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन । महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।”

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । माओवादी छाडेर एमालेमा गएका राम बहादुर थापा, टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह लगायतका नेता कुन पदमा उठ्ने भन्ने समेत अहिले सम्म उनीहरुले सार्वजनिक गरेका छैनन् ।

भीम रावल अध्यक्षमा उठ्ने घोषणा गरीसकेका छन् । महेश बस्नेत सचिव, गोकुल बास्कोटा उप महासचिव जस्ता पदमा उठ्ने घोषणा गरीसकेको अवस्थामा समेत एमाले प्रवेश गरेका माओवादी नेताले अहिले सम्म मुख खोल्न सकेका छैनन् ।

उनीहरुको पक्षमा प्रतिनिधि संख्या समेत कम भएका कारण उनीहरु अन्यौलमा देखिन्छन् । कतिपय कार्यकर्ताहरु भने प्रतिनिधि समेत छनौट हुन नसकेपछि थप निराश बनेको एक कार्यकर्ताले बताए ।