४५ जिल्लामा कांग्रेस सभापति चुनिए, कुन जिल्लामा को ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १२ २०७८
2.7K
SHARES

१२ मंसिर काठमाडौं। अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ ।

देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ ।

कृष्ण सिटौलाको तेस्रो धारले पनि एक जिल्लामा सभापति जित्न सफल भएको छ ।

४५ जिल्लाको परिणाममा देउवा पक्ष केही बलियो देखिएको छ । देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजनाले चुनाव जित्दा २ जना भने स्वतन्त्र रहेका छन्।

यी हुन् शेरबहादुर देउवा पक्षका सभापतिहरु
शंकर गुरुङ – मनाङ
खडक बोहरा – बझाङ
गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
मोहनविक्रम सिंह – हुम्ला
कान्छाराम तामाङ – रामेछाप
ऐनबहादुर शाही – मुगु
खमबीर गर्बुजा – म्याग्दी
केशबहादुर विष्ट – सल्यान
रुपनारायण जबेगु – पाँचथर
नरेन्द्रबहादुर सिंह – डोटी
दीपेन्द्रबहादुर शाही – डोल्पा

कर्णबहादुर शाही – जुम्ला
तेजेन्द्र खनाल- ओखलढुंगा
डा.टकराज गुरुङ – लमजुङ
भीमबहादुर साउद – डडेल्धुरा
रामकृष्ण खाँण – रुपन्देही
युवराज जोशी – पर्वत
डम्बर खड्का – इलाम
किशोरदत्त बराल – कास्की
तीर्थ लामा – काभ्रे
जितेन्द्र श्रेष्ठ – ललितपुर
पदम बोगटी – कञ्चनपुर

यी हुन् रामचन्द्र पौडेल पक्षबाट जित्नेहरु
रोमी गौचन थकाली – मुस्ताङ
केशरमान रोका – रुकुमपूर्व
दीपक खड्का- संखुवासभा
नन्दप्रसाद न्यौपाने – गोरखा
विष्णु राई – खोटाङ
हिमालदत्त श्रेष्ठ -पाल्पा
राजु थापा – स्याङ्जा
किशोर आचार्य – रोल्पा
विष्णुकुमार गिरी – प्यूठान
अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
विनोद बान्तवा – भोजपुर
केशव श्रेष्ठ – अर्घाखाँची
चतुरबहादुर चन्द – बैतडी
बर्मा लामा – दोलखा
अम्मबहादुर शाही – कालीकोट
रामसिंह रावल – बाजुरा
अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
मणिराम रेग्मी – दैलेख
शंकरप्रसाद डाँगी – दाङ
रमेश महत – नुवाकोट

कृष्ण सिटौला पक्ष
देउमान थेवे – झापा

नखुलेका

प्रेमप्रकाश ओली – रुकुम पश्चिम
वेदराज सिंह – जाजरकोट