अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा, आजै मतदान


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १३ २०७८
2.5K
SHARES

१३ मंसिर चितवन । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष ओलीले पटक पटक आग्रह गरेपनि रावलले आफू धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी दिने घोषणा गरेका थिए ।

निर्वाचन प्रक्रिया आज विहानका लागि स्थगित गरिएपछि डा. भीम रावलले हिजो दर्ता गर्न नपाएको मनोनयन पत्र आज दर्ता गराउँदैछन । मतदान प्रक्रिया आजै विहान ९ बजेबाट सुरु हुँदैछ ।

यसअघि केपी ओलीले आज बिहान साढे ३ बजे पदाधिकारीको नामावली घोषणा गरेका छन । जसमा भीम रावल र घनश्याम भुसाल अटाउन सकेनन् ।