अध्यक्ष ओलीलाई डा. भट्टराईले यसरी दिए बधाई


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १४ २०७८
4.3K
SHARES

१४ मंसिर काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

उनले ओली र उनको टिमलाई बधाई दिएका हुन् ।

मंगलबार साँझ ट्विटरमार्फत उनले विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन् ।

“नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना !,” उनले भनेका छन् । सम्पन्न १०औँ महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।