दैनिक साढे ७ करोड घाटा छ – आयल निगमका कार्यकारी निर्देशक पौडेल
१६ मंसिर काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषय भन्दा पनि आयल निगम रहने कि नरहने भन्ने पहिलो विषय भएको बताए ।
आज राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले गरेको छलफलमा निर्देशक पौडलेले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा मूल्यवृद्धि गरेको विषय उठान गर्नु भन्दा पनि आयल निगम रहने कि नरहने भन्ने विषय प्रमुख भएको बताए ।
निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था सिर्जना पनि गर्न नहुने बताए । उनले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको बताए । उनले निगमले सबै भन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताए । एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिन्डर खपत हुने गरेको बताए ।