आज एमाले अध्यक्ष ओलीले पद बहाली गर्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर १७ २०७८
2.9K
SHARES
१७ मंसिर काठमाडौं । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज पदबहाली गर्दैछन् ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट