विद्यार्थी राजनीति रोक लगाएर देखाउन मिश्रलाई अध्यक्ष सिंहको चेतावनी
१९ मंसिर काठमाडौ । आज अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छन्।
राजधानीमा आयोजित एकता समारोहमा अध्यक्ष मिश्रले बोलेका भनाईप्रति आइतबार पद्मकन्या क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उपाध्यक्ष सिंहले विद्यार्थी राजनीतिमाथि धावा नबोल्न सचेत गराएकी हुन्।सडकको मोर्चा खाली देखेर मण्डलेहरू सलबलाउन खोजेको भन्दै नेतृ सिंहले अहिले पनि सडकको मोर्चा विद्यार्थीले समालिरहेको दाबी गरिन्।
‘सडक खाली छैन। सडकमा अखिल (क्रान्तिकारी) छ, नेविसंघ छ, अखिल र समाजादी विद्यार्थी युनियनसहित दर्जनौं विद्यार्थी संगठन अहिले पनि मैदानमै छ। मुलुकको पौने एक करोड विद्यार्थीको संगठनको तागतलाई कम नआक्नूहोला’, नेतृ सिंहले चुनौति दिँदै भनिन्, ‘रविन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वविध्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानर अघि उभिएर हाम्रो आन्दोलन र परिवर्तन विरूद्ध बोल्नुभयो, म चेतावनी दिन चाहन्छु दरबारलाई ढालेर आएको यो आनदोलनलाई दरबारका भारदार र सेवकले नजिस्काउन्।’