संसद अवरोधको औचित्य छैन – नेता रावल


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
3.8K
SHARES

१९ मंसिर काठमाडौ । नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन्। सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार यही अवस्थामा संसद चल्न नसक्ने बताएका थिए।देश र जनताको पक्षमा बहस गर्ने ठाउँ संसद भएको उनको भनाइ छ।

‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘सरकारका सबै कामकारबाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको अैाचित्य छैन।’