एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्छौ – नेता भट्टराई
२० मंसिर चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्ने चेतावनी दिए । एमाले महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गर्नेहरुलाई लक्षित गर्दै उनले एमाले र गैडामा समानता रहेको तर्क सुनाए ।
‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो,’ उनले भने, ‘गैँडा यति सज्जन हुन्छ कि उ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ,’
उनले थपे, ‘एमाले शान्त छ, आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’