एमाले अध्यक्ष ओली ‘अस्वस्थ’
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर २३ २०७८
20K
SHARES
२३ मंसिर काठमाडौं । आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको बताइएको छ । उनलाई रुघा लागेको ओलीको सचिवालयले जनाएको छ । सचिवालयका सदस्य रामशरण बजगाईंले ओलीलाई रुघा लागेको र अहिले घरमा आराम गरिरहेको जानकारी दिए ।
आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा हुने कार्यक्रममा ओली जाने पूर्वनिर्धारित तालिका थियो । प्रेस चौतारी नेपालले ओलीसित पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । तर, रुघा लागेकाले ओली त्यहाँ उपस्थित नभएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट