नेतालाई जनताले ‘चोर’ भन्न थाले – अध्यक्ष लिङदेन
२४ मंसिर काठमाडौं ।आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई ‘चोर’ भन्न थालेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनमा शुभकामना दिन पुगेका लिङ्देनले नेताहरूको छवी सुधार गर्नुपर्ने समय आएको बताए ।
“गाउँतिर नेता गयो भने चौतारीमा नेता आउनुभएको छ भनेर गाउँलेलाई खबर हुन्छ । तर, जनताले कुन नेता भनेर सम्झदैनन् ।
कुन चोर आएछ भन्छन्,” लिङ्देनले भने, “हाम्रा राष्ट्रिय पार्टीहरूका लागि यो महिना महाधिवेशनको महिना भएको छ । यो महिना नेताको छवी सुधार होस् ।”