भर्खर जन्मेको बाछो हिँड्न जान्दैन – अध्यक्ष ओली
२४ मंसिर काठमाडौं । आज एमालेका अध्यक्ष केपीशर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लिङ्देनले जनताले नेताहरुलाई ‘चोर’ भन्ने गरेको र राष्ट्र प्रमुख रहनेगरी राजतन्त्र फर्काउनु पर्ने बताएका थिए । सोही अभिव्यक्तिप्रति ओलीले भर्खर–भर्खर जन्मेको बाछाे हिड्न जान्दैन भन्दै कटाक्ष गरे ।
“नागरिकबाट कोही नेता जन्मदैन । हरेक नेता चोर हुन्छ भन्ने ? यस्ता कुरा बोकेर हिड्ने ? भर्खर–भर्खर अध्यक्षमा छानिएको रापताप होला साथीहरुलाई । भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, बढी कुद्छ,” ओलीले कटाक्ष गरे । लिङ्देन केही दिन अगाडि राप्रपा अध्यक्षमा निर्वाचित भएका हुन् ।