अब म उठदिनँ – नेता पौडेल
Capital Headline
प्रकाशित मिति :
शनिबार, मंसिर २५ २०७८
8.8K
SHARES
२५ मंसिर काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू सभापतिको उमेदवार नबन्ने बताएका छन् ।
उनले आफ्नै निवास पुगेका नेताहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।एक नेताले दिएको जानकारीअनुसार पौडेलले आफ्नो टिममा एकजनामात्रै उमेदवार हुनुपर्ने, जसको नाममा सहमति जुट्छ उसैलाई स्वीकार गर्नुपर्ने बताएका थिए ।
उनले अहिले सभापतिमा शेरबहादुर देउवाको विकल्प चाहिएको भन्दै त्यसका लागि सबै त्याग गर्न तयार हुनुपर्ने बताएका थिए ।उनले अब आफू सभापतिको दौडमा नरहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट