प्यानलसहित देउवाले दर्ता गराए सभापतिमा उम्मेदवारी


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २५ २०७८
6.1K
SHARES

२५ मंसिर काठमाडौ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकालका लागि सभापति पदमा उम्मेदवारी गराएका छन् ।  शनिबार साढे ४ बजे उनले आफ्ना टिमका सदस्यसहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।  सो अघि बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहेका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवारी दिएका छन् ।