धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
7.2K
SHARES

२८ मंसिर काठमाडौ । आज संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए ।

‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’