उपसभापतिमा खड्का र गुरुङ विजयी


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
4.3K
SHARES

१ पुस काठमाडौ । नेपाली काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।

निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न भने बाँकी रहेको छ ।निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए ।

त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।