यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन – विशाल भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १ २०७८
9.6K
SHARES

१ पुस काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पास गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्। पहिले सत्तागठबन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उनको भनाइ छ।

तथापि, एमसीसीलाई यथास्थितिमै पास गरेर जान हुन्न भन्ने आफूहरूको धारणा रहेको उनले बताए। ‘यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा हामी छैनौं,’ एमाले प्रमुख सचेतक भट्टराईले भने।

एमसीसीलाई पास गर्ने वा फेल गर्ने वा संशोधन गरेर मात्रै पास गर्ने भन्ने विषयमा सबैभन्दा पहिले सत्तागठबन्धनको एकीकृत धारणा तय हुनुपर्ने उनको आग्रह छ।

‘सत्तागठबन्धनको एकीकृत धारणा बनोस् पहिले। उहाँहरूको एकीकृत धारणा के हो ? भन्ने नै बुझिएको छैन। पास गर्ने जस्तो गठबन्धनभित्र देखियो भने हाम्रो के रह्यो र ?,’ उनी अगाडि थप्छन्, ‘उहाँहरूका १६५ सांसद छँदैछन्। उहाँहरूले १६५ लाई एक ढिक्का राख्न सक्नुहुन्छ कि हुन्न हामी हेर्छौं। त्यसपछि एमालेले आफ्नो कदम चाल्छ।’