मन्त्रीबाट रिजालको राजीनामा घोषणा


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १ २०७८
3.7K
SHARES

१ पुस काठमाडौं ।  डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन् ।

“नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु ।

अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु,” रिजालले भनेका छन् । रिजालले  निर्वाचनमा प्राप्त मत परिणामको ‘प्याटन’ हेरेर यस्तो निर्णयमा पुगेको बताए ।