४०९० मतगणना हुँदा गगन २६४४ मत, दोस्रोमा विश्वप्रकाश १६८५


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १ २०७८
7.1K
SHARES

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् । सुरुबाटै अग्रता लिएका उनले मतान्तर बढाउँदै लगेका छन् ।

४०९० मतगणना हुँदा गगन थापाले २६४४, विश्वप्रकाश शर्माले १६८५, प्रदीप पौडेलले १२१७, डा. प्रकाशशरण महतले १३५७, डा. मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् ।  महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेपनि दुईजना निर्वाचित हुनेछन् ।