अवसरवादीहरु गाउँ-गाउँमा शिला खोज्दैछन् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ९ २०७८
2.1K
SHARES

९ पुस काठमाडाैं।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।

शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफूहरुसँग मात्रै रहेको पनि बताए ।

उनले भने, ‘अहिले केही मान्छे गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्, तर सुनारको सय चोट लोहारको एकैचोट भन्ने यो सन्देश दिन चाहान्छु।’