आज काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १० २०७८
9.6K
SHARES

१० पुस काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने छ ।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । यसबाहेक नयाँ विधानअनुसार सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ ।

बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको छ ।

बैठकपछि काँग्रेसले आजै निर्वाचन आयोगमा राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्ने तयारी पनि गरेको छ ।