आजदेखि माओवादी केन्द्रको महाधिवेशन


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ११ २०७८
5.1K
SHARES

११ पुस काठमाडौं ।  माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदैछ। नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको छ। शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको प्रवत्ता कृष्णबहादुर महराले जानकारी दिए। स्थायी समिती बैठकको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रले आज केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता महराले जानकारी दिए। महाअधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अपराह्न १ बजे सम्मेलन सुरु हुने प्रवत्ता महराले जानकारी दिए।