एकता जोगाउन नसक्दा मलाई पछुतो छ – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ११ २०७८
11.7K
SHARES

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो भएको बताएका छन् ।

आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएको बताए ।

जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए । उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए ।