तानाशाह स्वीकार छैन – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ११ २०७८
7.1K
SHARES

११ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा व्यक्तिको तानाशाही नेपालमा स्वीकार्य नहुने बताएका छन् । आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राष्ट्रियताको सवालमा भने दलहरूबीच विमति नहुने बताए ।

उनले राष्ट्रियतको नाममा दास र एउटा व्यक्ति र वंशको तानाशाही स्वीकार्य नहुने उल्लेख गरे । नेपालको इतिहास अब पछाडि नफर्किने तर नेताहरूले पनि जनताको विश्वास जित्न नसकेको उनले बताए । अहिले पनि नेताहरूप्रति जनताको विश्वास कायम हुन नसकेको उनको भनाइ छ । देशमा भ्रष्टचारले नेताहरूप्रति जनता विश्वस्त हुन नसकेको उनले बताए  ।

उनले नयाँ नेपाल निर्माण गर्ने विषयमा वृहत्तर छलफल गर्न जरुरी रहेको बताए । दलहरूको फरकफरक मान्यता हुने र त्यसमा सबै सहमत हुन नसके पनि मूल विषय राज्य रूपान्तरणमा सहमति गर्न अवाश्यक रहेको उनले बताए ।