प्रचण्डको प्रतिवेदनमा सुझाव राख्न समय निर्धारण , कसलाई कति ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १३ २०७८
9.2K
SHARES

१३ पुस काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ ।

मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको नेता हरिवोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् ।